arrow

मधेस प्रदेशमा घुम्ती कोभिड १९ खोप सेवा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार ७ मंगलबार
pradesh2-mobile-covid19-vaccine.jpg

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले  प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरी घुम्ती कोभिड १९ खोप सेवाको शुभारम्भ गरेका छन् । मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मंगलबार मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाइ लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

कोभिड १९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांगता  तथा दीर्घ रोगीहरुका साथै बच्चाहरुको लागिसमेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे ।

घुम्ती सेवाबाट एक लाख व्यक्ति लाभान्वित हुने लक्ष्य लिइएको हो । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, महिला , बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहसहित समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ