arrow

बिजुक्छेलाई पत्नी शोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
narayanman-bijukchhe.jpeg

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकीपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा बुधबार अपराह्न निधन भएको नेमकीपाका नेता सरोजराज गोसाईले जानकारी दिए । 

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकीपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई पुत्र रहेको गोसाईले जानकारी दिए । 

लामो समयदेखि शिक्षण पेशामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् ।

उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ