arrow

म्याराडोनाको मृत्यु: आठ जनाविरुद्ध हत्याको मुद्दा चलाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
messi-maradona.jpg

काठमाडौं ।  फुटबल लिजेन्ड डिएगो म्याराडोनाको हत्या आरोपमा हेरचाह गर्ने आठ व्यक्तिमाथि अर्जेन्टिनाको अदालतमा हत्याको मुद्दा चलाइने भएको छ ।

 म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि हत्याको अभियोग लगाइएको हो । 

म्याराडोनाको मृत्युको समयमा हेरचाह गर्ने डाक्टर, नर्स र एक मनोवैज्ञानिक सहित आठ जनालाई "साधारण हत्या" को आरोप लगाइएको छ । 

म्याराडोना पक्षका वकिल मारियो बाउड्रिले रोयटर्सलाई भनेका छन् - विश्वकप विजेता मृत्युको समयसम्म "असहायताको स्थितिमा" थिए। 

म्याराडोनाको मृत्यु हृदयाघातका कारण  नोभेम्बर २५, २०२० मा ६० वर्षको उमेरमा भएको थियो। म्याराडोनालाई इतिहासको सबैभन्दा महान् फुटबल खेलाडीहरू मध्ये एक मानिन्थ्यो  । 
 



नयाँ