arrow

बस पल्टिँदा एकको मृत्यु, ११ घाइते, चालक फरार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
accident-final-1618290232.jpg

सप्तरी । सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेकी अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।

घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् । यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ