arrow

कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
dollar-rupees.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमी आएको छ ।

बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । 

आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६‍‍.१९ पैसा विक्रीदर ८६‍.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९‍२४ पैसा र विक्रीदर ९‍२८ पैसा रहेको छ । चाइनिज युआन १८‍.६३ पैसा खरिददर रहेको छ भने बिक्रीदर १८‍.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ