arrow

नशाबाट बाहिर आउन एमालेका ‘दश भाइ’ लाई माधव नेपालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
madhav-kumar-nepal-cpn-us.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका १० भाइलाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न समेत आग्रह गर्दै नशाबाट बाहिर आउन सुझाव दिएका हुन् । 

उनले भने, ‘कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन । दासजस्तो भएर बसिरहेका छन् । उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन् । नगरुन् ।”

यी दश भाइ तिनै हुन् जसले नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका थिए । तर एमालेबाट छुट्टिएर नेकपा एस पार्टी खोल्दा उनीहरुले माधव नेपाललाई धोका दिएका थिए । तर धोका दिए पनि अहिले उनीहरुले एमालेभित्र राम्रो भूमिका पाएका छैनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सौतेलो व्यवहार गरेको उनीहरुकै समय समयका अभिव्यक्तिहरुले व्यक्त गरिरहेका छन् । 

तर शुक्रबार मात्रै तिनै दश भाइ मध्येका एक योगेश भट्टराईले विद्रोह गर्नका लागि संसदीय दलको बैठक आह्वान गरेका सांसदहरुप्रति कटाक्ष गर्दै माधव नेपाललाई बल्ल चिन्नुभयो भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ