arrow

पोखरामा सवारी दुर्घटना, समाजसेवी कुँवरको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
Arbin Kunwar.jpg

पोखरा । सवारी दुर्घटनामा परी पोखरा महानगरपालिका वडा नं. २५ हेमजा निवासी ४८ वर्षीय अरविन कुँवरको निधन भएको छ । खेलकूद एवं सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व कुँवर शुक्रबार राति ८ः३० बजेतिर घरतर्फ फर्किनेक्रममा सवारी दुर्घटनामा परेका थिए । 

सो दुर्घटनामा गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि फिस्टेल अस्पतालमा ल्याइएकोमा उपचारकै क्रममा राति ९ः३० बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा-२५ को हेमजाफाँट सुन्दरपुरी नजिकै रोकिराखेको ना६प १४२८ नम्बरको ट्रकमा कुँवरले चलाएको ग९प १२५७ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र चालक पोखरा राजाको चौताराका ४३ वर्षका धनबहादुर विकलाई नियन्त्रणमा लिएको छ । 

यसैबीच समाजसेवी एवं खेलकूद क्षेत्रमा सक्रिय कुँवरको निधनप्रति हेमजा युनाइटेड क्लवले दुःख प्रकट गरेको छ । क्लवले कुँवरको शोकमा शनिबार हुने भनिएको छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको फाइनल खेल स्थगित गरेको छ ।

क्लवका अध्यक्ष ईन्द्रबहादुर कुँवरले शोक वक्तव्य एवं सूचना जारी गर्दै क्लवको स्थापना कालदेखि सहयोग गर्दै आएका कुँवरको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा खेल स्थगित गरिएको जनाएका छन् । स्थगित फाइनल खेल आइतबार हुने क्लवले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ