arrow

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा विष्णु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
Bishnu karki.jpg

पोखरा । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीको अध्यक्षमा विष्णु कार्की निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट संगठनको शनिबार पोखरामा भएको अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।

संगठनको उपाध्यक्षमा सीता जिसी, सविरा खातुन, सरला पौडेल, सुश्मा त्रिपाठी र चन्द्रा गुरुङ निर्वाचित भएकी छन् । संगठनको सचिवमा सुमिता श्रेष्ठ, प्रनिशा पौडेल र उषा माता निर्वाचित भएका छन् भने संगठनको प्रवक्तामा कमला भण्डारी चापागाई चयन भएकी छन् । 

अधिवेशनले संगठनको कोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सहकोषाध्यक्षमा दुर्गादेवी राना र कुमारी हमाललाई चयन गरेको छ । सदस्यहरुमा निर्मला बँस्तोला, पुष्पा मल्ल ठकुरी, शान्ति भट्टराई सुवेदी, शुकमाया सार्की, गीता लामिछाने, भवानी जलारी, माता भण्डारी, जमुना भण्डारी, मनमाया थापा, गंगा सुनार र सीता विश्वकर्मा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ