arrow

विशिष्ठ ९ व्यक्तिका जीवन कथा समेटिएको ‘कर्मठ नेपाली’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
Karmath Nepali_Desing (1) (1).jpg

काठमाडौं । वी रिड प्रकाशनले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक गरेको छ । 

विगत केही वर्षदेखि निरन्त रुपमा साहित्यिक कृतिहरु प्रकाशन गर्दै आइरहेको वी रिडले अहिले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक गरेको हो।

यस पुस्तकमा आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पढ्न पाइने वी रिडले जनाएको छ ।

‘कर्मठ नेपाली’मा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।

पुस्तकमा हरेकको बाल्यकाल, जीवनसंघर्ष र सामाजिक सत्कर्मसँगै अहिलेसम्म नखुलेका र नलेखिएका जीवनकथा पनि पाठकले पढ्न पाउने वी रिडकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले बताएकी छन् ।

लेखक शरद चिराग र सन्तोष रिमालले उनीहरुसँग गरेका औपचारिक अनौपचारिक कुराकानीका आधारमा पुस्तक तयार पारिएको हो । उज्ज्वल प्रसाईंले सम्पादन गरेको पुस्तक वी रिडले प्रकाशन गरेको हो ।

वी रिडले प्रकाशन गरेको २३२ पृष्ठको यस पुस्तकको मूल्य रूपैयाँ ४७५ तोकिएको छ । यो पुस्तक बजरमा र अनलाइन मार्फत उपलब्ध रहेको वी रिडले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ