arrow

नयाँ मन्त्रीहरूको शपथ आज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
madhav-nepal-ncp-united-socialist.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूले आज शपथ लिँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज चार मन्त्री र एक राज्यमन्त्रील शपथ लिँदै छन् ।  आइतबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी थिइन् । 

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको हो । शनिवार मात्र बसेको केन्द्रीय समितिको बैठकले मन्त्री फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयलाई पारित गरेको थियो ।

यसअघि नै मन्त्री हेरफेरको निर्णय पार्टी अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री शेर बहादुर देउवालाई पठाएका थिए । पटक पटक निर्णय गरे पनि पुराना मन्त्रीले पद नछोडेपछि नयाँ मन्त्री थप्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।  

नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।  त्यसै गरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् ।

समाजवादीका मन्त्रीहरू  पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ