arrow

पहिलो केन्द्रीय परिषद् बैठकमा ओलीमाथि खनिए नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि खनिएका छन् ।  अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा लैजाने, गलत बाटो अङ्गीकार गर्ने र विचारहरूमा विचलन ल्याएको नेपालको आरोप छ ।

व्यक्तिवाद अहङ्कारको रूपमा प्रकट भएको र निरकूशमा परिणत भएपछि विद्रोह गर्नुपरेको उनले बताए । अध्यक्ष नेपालले एमालेमा गलत प्रवृत्ति हाबी भएपछि विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । 

अध्यक्ष नेपालले भने,' दक्षिणपन्थी भासमा भासियो । गलत बाटो अङ्गीकार गर्‍यो । विचारहरूमा विचलन देखा पर्‍यो । व्यक्तिवाद बिस्तारै अहङ्कारको रूपमा प्रकट भयो । र त्यो अहङ्कार शक्ति आर्जन गरेपछि निरकूश हुन पुग्यो । पार्टीका सबै सिस्टम भत्काउन थालियो । पार्टीलाई निजी प्राइभेट कम्पनीको रूपमा चलाउन थालियो । सङ्गठनात्मक परिपाटी समाप्त हुन थाले ।'

एमाले पार्टी निर्माणमा लागि आफूहरूले वर्षौँ लगाएर मिहिनेत गरेको तर ओलीले गलत दिशातर्फ लगेको नेपालको आरोप छ । २०७४ सालको चुनावपछि एमाले थप बलियो भए पनि नेतृत्वले जनताको विश्वासमाथि धोका दिएको नेपालेले बताए । अध्यक्ष नेपालले भने,' जुन पार्टीले सुशासनको प्रत्याभूति दिनुपर्ने हो, भ्रष्टीकरणका विरुद्धमा जुध्नुपर्ने हो,  विकृति र विसङ्गतिको अन्त्य गर्नुपर्ने हो । तर विकृति विसङ्गतिको आहालमा पार्टी डुब्न थाल्यो । त्यस विषयमा पार्टीमा कहिल्यै छलफल भएन । कुनै नीति र विचारमा छलफल भएन । अनेकौँ विदेशीहरूसँग सम्झौता गरियो । त्यस विषयमा छलफल भएन ।'

ओलीले अल्पमतमा परेपछि पार्टी विभाजन गरेको नेपालको आरोप छ । ओलीले नेकपा र एमाले दुवै पार्टी विभाजन गरेपछि आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माउनुपरेको नेपालको जिकिर छ । उनले भने,'  स्वयम् नेतृत्वमा पुगेका केपी ओली अल्पमतमा पर्ने अवस्था भइसकेपछि अल्पमतलाई म कहिल्यै स्वीकार गर्न सक्दिन भन्ने विचार राख्दै उनले एकलौटी रूपमा पार्टीलाई विभाजन गर्ने काम गरे । पार्टी विभाजन गर्न राज्यका विभिन्न संयन्त्र प्रयोग गरियो । पार्टी विभाजित भयो । नेकपा मात्रै होइन एमालेलाई पनि विभाजित गरियो ।'

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी देशभक्त हुनुपर्नेमा ओलीले त्यसको विपरीत काम गरेको बताए । सत्ताको आयु बढाउनका लागि ओलीले देशमाथि कुठाराघातसमेत गरेको बताए ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ