- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । आदर्श गाउँपालिकाका २६ वटा आधारभूत विद्यालयहरुलाई वाईफाई सेट वितरण गरिएको छ । सोमबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायले विद्यालयका शिक्षकलाई वाईफाई सेट वितरण गरेकी हुन् ।
आदर्श गाउँपालिकाको सम्वनय तथा ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा वाईफाई सेट विद्यालयलाई उपलब्ध गराएको उपाध्यक्ष रोकायले बताइन् ।
उनले भनिन्, ‘वाईफाई सेट इन्टरनेटको पहुँचबाट टाढा रहेका आधारभूत विद्यालयलाई हस्तान्तर गरिएको हो । इन्टरनेट प्रभावकारी देखिएमा गाउँपालिकाका अन्य क्षेत्र तथा कार्यालयमा पनि जडान गरिने छ ।’