arrow

चितवनमा छोराद्वारा आमाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
hatya-murder.jpg

चितवन । चितवनमा एक महिलाको हत्या भएको छ । माडी नगरपालिका वडा नं. ६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो आफ्नी ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेका हुन् ।

छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । 

उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् ।

छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ