arrow

मलका लागि राप्रपाको धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
fertilizer-urea.jpg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै सोमवार दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । 

राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध र्‍याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको विरोध ¥याली सूर्यविनायकस्थित कृषि विकास कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शन गरेको थियो । 

कार्यक्रममा सहमहामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यवस्था गर्न माग गरे । असार आउँदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उनले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनुपर्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ