arrow

वर्षाले पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
pahiro-mahakali.jpg

दार्चुला । गए राति देखि परिरहेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । महाकाली नगरपालिका-८ स्थित असिगडामा खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । 

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अहिले महाकाली नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

यसैबीच खलङ्गा- दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा खानेपानी अवरुद्ध भएको छ । विगत महिनौँ देखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलङ्गावासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ । 

सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला-बेला खलङ्गाको खानेपानी अवरुद्ध हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ