arrow

राजधानीमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको कोटेश्वरमा सोमबार बेलुकी माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउकुमार सेन हुन् । 

पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रित भइ ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । 

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति पौने ९ बजे मृत्यु भएको हो । 

घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बा२ख १२३१ नम्बरको जम्बो माइक्रो बसले पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रित भइ बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो । 

दुर्घटना लगत्तै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ