arrow

तनहुँमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
accident tanahun.jpg

तनहुँ । तनहुँमा साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का २६ वर्षका जयराम मोक्तान र भीमफेदी गाउँपालिका वडा नं. १ का २३ वर्षका दीपक गोले रहेका छन् । 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा४३प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग३च ४१८२ नम्बरको बलेरो जीप एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ