arrow

बाँकेको राप्तीसोनारी गाउँपालिकाले ल्यायो ८८ करोड ३१ लाखको बजेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
raptisonari-budget.jpg

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८८ करोड ३१ लाख ४८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । 

मङ्गलवार ११औं गाउँ सभामा उपाध्यक्ष मनीषासिंह थारुले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेकी हुन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पर्यटन लगायतलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ ।

शिक्षातर्फ ३१ करोड ९६ लाख, प्रशासनिक खर्च २६ करोड ३५ लाख, पूर्वाधार विकासमा २२ करोड ४६ लाख, वडागत १५ करोड ३० लाख, सुशासन तथा संस्थागत विकास १२ करोड ८० लाख, कृषिमा १ करोड ६२ लाख, पशुतर्फ १ करोड, वातावरण तथा विपत् व्यवस्थापनमा ८० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसअघि आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम प्रस्तुत गरिएको थियो । अध्यक्ष तप्त बहादुर पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रम गाउँ सभाले सामान्य संशोधनसहित पारित गरेको थियो ।

असार १० गते निकै अबेर सुरु भएर एकैछिनमा स्थगित भएको गाउँ सभा आज अपराह्न सवा ४ बजे सुरु भएको थियो । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बजेटमा असन्तुष्टि जनाउँदै गाउँ सभा बहिष्कार गरेपछि गणपूरक सङ्ख्या नपुगेका कारण असार १० गते नीति कार्यक्रम र बजेट पेश हुन सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ