arrow

चुनाव चिह्न लिएर घरघर पुग्न समाजवादीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । हिजो सम्पन्न पहिलो केन्द्रीय परिषद्को बैठकले १७ बुँदे प्रस्ताव पारित गर्दै सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

प्रवक्ता  खतिवडाले भने “बैठकले गठबन्धन मात्रै नभई हाम्रो शक्ति र क्षमताले भ्याएसम्म घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशित गरेको छ ।”

बैठकले मूल्यवृद्धि नियन्त्रण, किसानलाई सहज तरिकाबाट मल बिउ बिजनको व्यवस्था, भ्रष्टाचारमाथि कारबाही,सुकुम्वासी समस्या समाधान, हैजाको रोकथाम लगायतका विषय पारित गरेको उनको भनाई छ । 

दुई दिनसम्म चलेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ