arrow

युवाको सकारात्मक सोचले मात्र देश विकास सम्भव – मुख्यमन्त्री राउत 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार १५ बुधबार
madhes-pradesh-youth-campaign.jpg

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको सकारात्मक कदमले मात्र देशको विकास सम्भव रहेको बताएका छन् । बुधबारदेखि मधेस सरकार, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको प्रथम मधेस प्रदेश युवा महोत्सवको उद्घाटन  गर्दै  मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागि सरकार अग्रसर भएको बताए ।

मधेसका युवाहरुले मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको उनले बताएका छन् । मुख्यमन्त्री राउतले  प्रदेशमै रोजगारीको सृजनाको लागि पहल भैरहेको जानकारी गराए ।

मधेस सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडि बढे पनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको मुख्यमन्त्री राउतले गुनासो पोखे ।
 
प्रहरी, प्रदेश निजामती लगायतका सेवामा छिट्टै भर्ना हुने विश्वाससमेत दिलाए । सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको उनले बताए ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहको अध्यक्षतमा भएको उक्त युवा सम्मेलनको उद्घाटन सत्रमा गृह तथा संचार मन्त्री भरतप्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ