arrow

डलरको भाउ बढ्दै, यस्तो छ आजको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
money-dollar.jpg

काठमाडौं । बुधवारको तुलनामा बिहीबार अमेरिकी डलर बढेको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ ।

बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो । 

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ