arrow

अमेरिकी दूतावासकाे 'सुपर सन्डे कार्यक्रम', भिसा अपोइन्टमेन्ट खुला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
us-embassy-kathmandu.jpg

काठमाडौं ।  काठमाडौंस्थित अमेरिकी दूतावासले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अपोइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अपोइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

विद्यार्थीहरूलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्त्व र उनीहरूको कक्षा समयमै शुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अपोइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ । जुलाई १७ मा भिसा च्याटकै क्रममा ती अपोइन्टमेन्टहरु उपलब्ध गराइनेछ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अपोइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गर्न लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अहिले अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तरवार्ताका लागि अपोइन्टमेन्ट लिन औसतमा २७४ दिन कुर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी भिसाको अपोइन्टमेन्ट लिन ८० दिन र अन्य गैर आप्रवासी भिसाको अपोइन्टमेन्ट लिन १७ दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

अमेरिकी दूतावास दिल्लीमा भने भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन अझ मुस्किल रहेको छ । दिल्लीमा भिजिटर भिसाको अपोइन्टमेन्ट पाउन औसतमा ४६० दिन लाग्ने गरेको छ ।

तर विद्यार्थी भिसाको अपोइन्टमेन्ट पाउन भने औसतमा ५५ दिन र अन्य गैर आप्रवासी भिसाको अपोइन्टमेन्ट पाउन औसतमा २४४ दिन लाग्ने गरेको छ । मुम्बईमा भिजिटर भिसाका लागि २१० दिन र विद्यार्थी लगायतका अन्य गैर आप्रवासी भिसाका लागि ३१ दिन लाग्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ