arrow

कोइराला पक्षको बैठक २ बजे पुनः बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
shekhar-gagan-team-meeting.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै छ । हिजो बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे पुनः बस्ने भएको हो ।

बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो ।

१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढङ्गले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सह महामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ