arrow

पाँच वर्षीया बालिका बलात्कृत, सोह्र वर्षे युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
Arrest-Crime.jpg

खोटाङ । खोटाङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् । 

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालिका आफ्नै घरमा खेलिरहेका बेला ललाइफकाइ गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए । 

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ