arrow

राष्ट्रिय सभाबाट पनि बजेटसँग सम्बन्धित विधेयक पारित, एमालेको बहिस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बहिष्कारकाबीच राष्ट्रिय सभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो ।

राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ । राष्ट्रिय सभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ । 

प्रमुख प्रतिपक्ष एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै शुक्रबारको बैठक बहिष्कार गरे । 

एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ