arrow

कुन दलसँग चुनावी सहकार्य गर्ने भन्ने विषयमा लोसपामा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
losapa-baithak-2079.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनमा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल थालेको छ । शनिबार बसेको लोसपाको कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले आगामी निर्वाचनमा सहकार्य गर्न नेपाली कांग्रेस र एमाले दुवै पार्टीबाट प्रस्ताव आएको बताएका थिए । 

उनले कुन दलसँग सहकार्य गर्दा पार्टीलाई अधिकतम फाइदा हुन्छ भनी पार्टी कार्यकारिणी सदस्यहरूसँग राय सल्लाहसमेत मागेका थिए । ठाकुरका अनुसार लोसपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरहादुर देउवा सकारात्मक छन् । देउवाले लोसपालाई सरकारमा समेत सहकार्य गर्न प्रस्ताव गरेको लोसपाका नेताहरु बताउँछन् ।  

लोसपाका अर्को बैठक आइतबार पनि बस्ने भएको छ । त्यस बैठकमा आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा कार्यकारिणी सदस्यहरूले राय सल्लाह दिने कार्यक्रम रहेको कार्यकारिणी सदस्य केशव झाले बताए । 

यसैगरी बैठकमा विधान संशोधनको विषयमा पनि छलफल भएको थियो । निर्वाचन आयोगमा बुझाइएको विधानलाई संशोधन गर्नु पर्ने आवश्यकता रहेको धारणा पार्टीका कार्यकारिणी सदस्यहरूले राखेका थिए । जनता समाजवादी पार्टीको दुबै पक्षले पार्टी एकताकोलागि लोसपासँग राखेको प्रस्तावको बारेमा भने पार्टीमा छलफल नभएको झाले जनाए ।  

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा जसपाको दुर्व पक्ष (डा. बाबुराम भट्टराई र उपेन्द्र यादव) ले  लोसपाका अध्यक्ष ठाकुरसँग निरन्तर संवाद गर्ने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ