जन्ती बोकेको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २१ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
706
Shares
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ स्थित धरान चतरा सडकखण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी शलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार दिउँसो बागमती-९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना७त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।