arrow

मधेस प्रदेशको बजेटमाथिको छलफल शुरु, अनियमितता रोक्न माग

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार २० सोमबार
madhes-pradesh-budget-2079.jpg

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का पेश गरेको बजेट माथिको छलफल शुरु भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा सहभागीहरूले मधेस प्रदेशको शिक्षा, स्वास्थ्य कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनु पर्ने, पूर्वाधारको निर्माणले मात्र अहिलेको मानव सूचकाङ्कको अवस्थामा सुधार गर्न नसकिने बताए । 

सहभागी भएका विभिन्न दलका प्रदेश सभाका सदस्यहरूले प्राधिकरणको नाउँमा कर्मचारी भर्ना गर्ने, फजुल खर्च गर्ने, विलासी सामानहरू किन्ने तथा कृषि अनुदानको नाउँमा व्यापक आर्थिक अनियमितता हुने भन्दै यसमा रोक लगाउनु पर्ने धारणा राखे ।

विगतमा आएका कतिपय कुराहरू कार्यान्वयन नभए पनि यस पटक थप राम्रा कुराहरू आएकाले त्यसको कार्यान्वयनमा जोड दिनु पर्ने  बताए ।

यसरी धारणा राख्नेमा जसपाका उपनेता रामआशिष यादव, नेकपा एमालेका सुन्दर बहादुर विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह, नेपाली कांग्रेसका शिवचन्द्र चौधरी लगायत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ