arrow

एक दिवसीय क्रिकेटमा नेपाल र क्यानाडा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
nepal-cricket-canada-match.jpg

काठमाडौं । नेपाल र  क्यानाडाबीचको एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ  । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल विगत एक सातायता क्यानाडा भ्रमणमा छ  । 

अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानाडामा रहेको हो ।

आईसीसी विश्वकप लिग २ अघि नेपालले क्यानाडासँग दुई वटा एक दिवसीय खेल खेल्न लागेको हो । 

क्यानाडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

क्यानाडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ