arrow

कांग्रेस पदाधिकारी बैठक बस्दै, शेखर पक्षले असन्तुष्टि जाहेर गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
congress-party-office-final.jpg

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्न लागेको हो । बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।

यता बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दाबी गर्दै कोइराला पक्षले सो असन्तुष्टिजाहेर गर्ने भएको हो । 

गत बिहीबार र शुक्रबार बसेको कोइराला समूहको बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएकोदेखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो । 

महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो । उक्त बैठकले देउवा पार्टीको कि गठबन्धनको सभापति भनी प्रश्न गरेको थियो । 

देउवाले पार्टीलाई संगठित गर्न नसकेको र नेता कार्यकर्ताको बोली नसुनेको आरोपसमेत लगाएको थियो । 



नयाँ