arrow

रामेछापमा बस दुर्घटना : कम्तीमा ९ जनाको मृत्यु, घाइतेलाई काठमाडौं लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
ramechhap-accident.jpg

रामेछाप । रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । सो दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ र खाँडादेवी गाउँपालिका वडा नं. १ को सिमानामा आज बिहान बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस सडकबाट करिब ६० मिटर तल  खोलामा खसेको छ । दुर्घटनामा परी बस छरपस्ट भएको छ । हिलेदेवीबाट बेथान हुँदै काठमाडौं गएको बस लभुघाटको घुम्तीमा दुर्घटना भएको हो । लुभुघाटबाट खनियानी जाने र मध्यपहाडी लोक मार्ग छुटिने घुम्तीमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा थुप्रै हताहत भएको हुन सक्ने बताइएको छ । उद्धार कार्य जारी रहेको, ९ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको र मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए । 

डिएसपी थिङका अनुसार २५ जना घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ