arrow

राप्तीसोनारी गाउँपालिकाको आर्थिक विधेयक सर्वसम्मतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
raptisonaris.jpg

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।

११औं गाउँ सभाको तेस्रो बैठकबाट आज विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । सभा अध्यक्ष तप्त बहादुर पौडेलले दुबै विधेयक सभामा निर्माणार्थ प्रस्तुत गरेका थिए । 

छलफलमा वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, वडा नम्बर ९ का वडा अध्यक्ष सोहीलाल थारु, वडा नम्बर १ का वडा सदस्य भरत बुढाथोकी लगायतले भाग लिएका थिए ।

असार १० गते सुरु भएको गाउँसभामा अध्यक्ष पौडेलले १४ गते नीति कार्यक्रम  प्रस्तुत गरेका थिए । उक्त वैठकमा नीति कार्यक्रम पारित गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिएको थियो । 

उपाध्यक्ष मनीषासिंह थारुले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । उनले ८८ करोड ३१ लाख ४८ हजारको बजेट गाउँभामा पेश गरेकी थिइन् ।

असार १० गते एमालेका जनप्रतिनिधिहरूले गाउँ सभा बहिष्कार गरेपछि गणपूरक सङ्ख्या नपुगेको कारण बैठक स्थगित भएको थियो । दोस्रो बैठक १४ गते बसेको थियो ।

११ औं गाउँ सभाबाट न्यायिक समिति पनि गठन भएको छ । उपाध्यक्ष संयोजक रहने न्यायिक समितिमा दुई जना सदस्य गाउँ सभाबाट चुनिएका हुन् । बहुमतका आधारमा न्यायिक समिति सदस्यमा शेरबहादुर विक र सुशिला विक चयन भएका छन् । 

वडा नम्बर ९ का वडा अध्यक्ष थारुले शेरबहादुर र सुशीलाको नाम प्रस्ताव गरेका थिए । न्यायिक समिति सदस्यमा प्रस्तावित लक्ष्मी थारु र कमला विकको पक्षमा भने बहुमत जुट्न सकेन । उनीहरूको नाम बहुमतले अस्वीकृत भयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ