arrow

पहिरोमा पुरिएर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
pahiro-panchthar222222.JPG

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैशी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरू अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । 

नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्‍याएको छ । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ