- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय संसदको आगामी निर्वाचन र भ्रातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ । मंगलबारदेखि शुरु भएको पदाधिकारी बैठकमा मुख्यतः भ्रातृ तथा शुभेच्छुक संस्थामा देखा परेका समस्यादेखि मर्जसम्मका विषयमा छलफल भएको हो ।
प्रवक्ता प्रकाशशरण महतले नयाँ भ्रातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रीत भएको बताए । ‘भ्रातृ संस्थाका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखा परेका छन्, त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सो बैठक उपाध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा पूर्व पदाधिकारीसहित केही केन्द्रीय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।