arrow

बसले ठक्कर दिँदा उपत्यकामा स्कुटरमा सवार युवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
Accident-sign.jpg

भतपुर । भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मंगलबार मध्यपुरथिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुवै साधन एकापसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई हाल काठमाडौँ जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको उनले जानकारी दिए । 

प्रत्क्षयदर्शी बलराम श्रेष्ठले तीव्र गतिमा आएको बसले ठक्कर दिएर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको र टाउकोमा ठूलो क्षति पुगेको बताए ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी प्रहरीले दुवै सवारी साधन र बस चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका वड नं. ५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ