arrow

अर्थमन्त्री प्रकरण : कांग्रेस उपसभापति खड्काले भने- ढिलो नगरौँ, आजै टुङ्गो लगाऊँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
purna-bahadur-khadaka.png

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विषयलाई लिएर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उपसभापति खड्काले संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुने बताएका छन् । 

उपसभापति खड्काले लेखेका छन्,' बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आम जनमानसको गम्भीर चासोको विषय बनी सकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ।'विगतमा पनि संसद्को यस्तो परम्परा छ । बरु ढिलो नगरौँ आजै टुङ्गो लगाऊँ ।’

अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुर्‍याएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै देशभर प्रदर्शन भएका छन् । बजेट सम्बन्धी गोपनीयता भङ्ग गर्ने र त्यसको प्रमाणको रूपमा रहेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाउने षड्यन्त्र गरेको उनीमाथि आरोप छ । 



नयाँ