arrow

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
Dhan Raj Gurungg.jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बजेट निर्माणमा करका दर हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उपसभापति गुरुङले विवाद समाधानका लागि तीन विकल्प अघि सारेका छन् । 

उपसभापति गुरुङले लेखेका छन्,' गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरा मार्फत निगरानी गरिन्छ। सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ। विवाद समाधानका लागि: १) छानबिन समिति गठन २) छानबिन समितिलाई सहयोगका लागि राजीनामा ३) बर्खास्त!' 

बजेट निर्माणको समयको प्रमाण रूपमा रहेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाउने षड्यन्त्र गरेका अर्थमन्त्री शर्मामाथि आरोप छ । 



नयाँ