arrow

पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
accident-final.jpg

सिन्धुली । सिन्धुलीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यान चालक सिराहाको विष्णुपुरकट्टी गाउँपालिका वडा नं. १ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् ।

सिराहाबाट भैंसी लोड गरि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-०२५-च-१९५३ नम्बरको भ्यान सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ६ शितलपाटीमा अनियन्त्रित भई सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ