arrow

डा. रुइत विश्वका प्रभावशाली व्यक्तिको सूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
sanduk_ruit.jpg

काठमाडौं । डाक्टर सन्दुक रुइत विश्वका प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । अपथ्याल्मलोजिष्ट म्यागजिनले प्रकाशित गरेको विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा नेपालबाट आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत परेका हुन । विश्वका प्रभावशाली व्यक्तिको सूची- २०२२ मा  तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर रुइत परेका छन् ।

सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने विश्व प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् रुइत । उनी पद्यश्री अवार्डबाट पनि सम्मानित भएका छन् । डा.रुइतको जन्म ताप्लेजुङको तमोरखोलाको शिरमा रहेको ओलाङचुङगोलामा भएको थियो ।

डाक्टर सन्दुक रुइतको नाम लिने बित्तिकै मानिसहरू श्रद्धाले उनलाई ‘गड अफ लाइट’ भन्दै पुकार्छन् । उनलाई शहरमा भेट्न निकै कठिन हुन्छ । तर, दुरदराजका गाउँबस्तीहरुमा झोला बोकेर उकाली ओराली गर्दै हिँडेको सजिलै भेट्न सकिन्छ । 

सस्तो मूल्यमा गुणस्तरीय ‘आइओएल लेन्स’ आविस्कारक उनले गरेका छन् । उनले अहिलेसम्म एक लाखभन्दा बढी मोतीबिन्दु भएका मानिसको शल्यक्रिया गरिसकेका छन् । पाँच मिनेटमा एक जनाको अप्रेसन सजिलै गर्छन् । मोतीबिन्दुबाट हुने अन्धोपन निवारणमा अतुलनीय भूमिका निर्वाह गरेका डा. रुइत नेतृत्वको तिलगंगा आँखा हस्पिटल विश्वकै नमुना मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ