arrow

क्यानाडासँग नेपालको खराव प्रदर्शन, ८३ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
nepal-cricket-2022-07-07.jpg

काठमाडौं । खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानाडा विरुद्धको एक दिवसीय क्रिकेट खेलमा ८३ रनले पराजित भएको छ । बिहीबार बिहान किङ सिटी स्टेडियममा सम्पन्न खेलमा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा मात्रै समेटियो ।

नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन  बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । 

रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेको थियो ।

क्यानाडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे । नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए ।

यसअघि अघिल्लो एक दिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो।

अब नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न स्कटल्यान्ड जानेछ । त्यहाँ नामिबियासमेत सहभागी रहेर त्रिकोणात्मक श्रृंखला हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ