arrow

शर्माको राजीनामा पछि माओवादी केन्द्रको बैठक आज बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
maobadi-kendra-kendriya-samiti-baithak-2079-03-19 (2).jpg

काठमाडौँ । संसद्मा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । मङ्गलवारका लागि तय गरिएको बैठक शर्माको राजीनामा पछि बिहीबार बस्न लागेको हो ।

बुधवार  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर छानबिनमा लागि मार्गप्रशस्त गर्न भनेपछि शर्माले राजीनामा दिएका थिए । अर्थमन्त्री माथि करको दायरा हेरफेर गरेको आरोप लागेको छ भने माओवादी नेताहरूले अर्थमन्त्रीलाई फसाइयो भन्ने संज्ञा दिएका छन् । 

आज बस्ने बस्ने  बैठकले अब कसरी जाने भनेर निष्कर्ष निकाल्ने माओवादीका एक नेताले बताए । बैठक आज  ११ बजेबाट बैठक बस्दै छ  । 

बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयन गर्दैछ ।  पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो। 

मङ्गलवारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो। पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ