arrow

२ बजेबाट प्रतिनिधि सभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
parliament.png

काठमाडौँ । सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गर्दै छन् । 

मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

साथै गृहमन्त्री खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दै छन् ।

छलफलपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७७–२०७८’ पेश गर्ने छन् । 

संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा ६ वटा कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ