arrow

बालेन पछि हटे, यमबुद्धको सालिक महानगरको पैसाबाट नभइ आफ्नै तलबबाट बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
walendra-sah-2079-0305.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् । उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए ।

त्यसका लागि उनले महानगरपालिकाको १५ लाख रुपैयाँ बजेट छुट्टयाएका थिए । बालेनले वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटको दुरुपयोग गरेको भन्दै असन्तुष्ट रहेका छन् । 

त्यसैगरी सामाजिक संजालमासमेत बालेनको निर्णयको चर्को विरोध भएको छ । यतिसम्मकि र्यापर सुदीन पोखरेलले समेत उनको निर्णय गलत भएको बताएका छन् । 

यमबुद्धको सालिक यमबुद्ध फाउन्डेसनले पनि बनाउन सक्ने उनको सुझाव छ । 

चर्को आलोचना भएपछि बालेन शुक्रबार दिउँसो आफूले गरेको निर्णयबाट पछि हटेको बताएका छन् । 

उनले फेसबुकमै लेख्दै आफूले गरेको निर्णयबाट पछि हटेको बताएका हुन् । बालेनले आफ्नो तलबबाट नै यमबुद्धको सालिक बनाउने बताएका हुन् । 

उनले लेखेका छन्, ‘म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछ । तपाईँहरुको दिन शुभ रहोस् ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ