arrow

'अर्थतन्त्र श्रीलङ्काको बाटोमा भनेर सुनियोजित हल्ला चलाइयो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
gyanendra-bahadur-karki-spe.jpg

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको बताएका  छन्।  मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिनका लागि सरकार सचेत रहेको उनले बताए । 

उनले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता नरहेको दाबी गरे । 
मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसबाट मुक्त हुन सबैलाई आग्रह गरे ।   

सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सबल बनाउन सकिने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ