arrow

मधेसकाे कर तथा गैरकर सम्बन्धी विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
province-2-pradesh-parlinment.jpg

जनकपुर । मधेस प्रदेश सभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे । 

बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए ।

यसअघि शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । 

विधेक पारित भएसँगै प्रदेश सभाको बैठक अर्काे सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ