arrow

'धर्मान्तरणको कारण सनातन धर्म र संस्कृति सङ्कटमा'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
kamal-thapa4.jpg

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा योजनाबद्ध तरिकाले धर्मान्तरण भइरहेकाले त्यसलाई रोक्नुपर्ने बताए का छन् । 

राष्ट्रिय धर्म संस्कृति सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । 

धर्मान्तरणको कारणले सनातन धर्म र संस्कृति बिस्तारै सङ्कटमा पर्न लागेको उनको भनाई छ । 

नेपालमा लोभ लालच देखाएर, भ्रम सिर्जना गरेर, सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने र आयातित धर्म संस्कृतिलाई स्थापित गर्ने प्रयास भइरहेको थापाको जिकिर छ । 

उनले भने,' सङ्गठित रूपमा योजनाबद्ध रूपमा भइरहेको धर्मान्तरणको कारणले गर्दा सनातन धर्म र संस्कृति बिस्तारै सङ्कटमा पर्न लागेको हामीले टड्कारो अनुभव गर्दछौँ । 

लोभ लालच देखाएर, भ्रम सिर्जना गरेर, सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने, आयातित धर्म संस्कृतिलाई स्थापित गर्ने प्रयास भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ