- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नभएको बताएका छन् । उनले संघ र प्रदेशको आगामी निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना नभएको बताएका हुन् ।
गुरुङले एमालेको नेतृत्वले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा गरको गल्तीको गम्भीर आत्मसमीक्षा नगरेसम्म गठबन्धन नहुने बताए ।
उनले भने,' राष्ट्रियताको मुद्दामा आत्मसमीक्षा भएको छैन । संविधान ‘डिरेल गर्ने खालका समस्या देखापरे । त्यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन । यी विषयमा गम्भीर आत्मसमीक्षा भएको अवस्थामा एकता हुनै सक्दैन भन्ने होइन । तर, अहिले नै एमालेसँग गठबन्धनमा जाने अवस्था देखिदैन ।'
राष्ट्रियता र संविधानजस्ता विषयले हालको सत्ता गठबन्धनमा अप्ठ्यारोमा परेको अवस्थामा एमालेसँग गठबन्धन बन्न सक्ने भए पनि अहिले त्यो अवस्था पनि नरहेको उनको भनाइ छ ।