arrow

सभामुख सापकोटाले सांसद्‌ले उठाएका विषयप्रति गराए सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
agni-prasad-sapkota-parliament-2079.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने । 

शून्य र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ