सोह्र वर्षे किशोरी भक्तपुरको एक रिसोर्टमा बलात्कृत
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
955
Shares
भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।
ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।