arrow

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश, छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
parliament-house.jpg

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश, छलफल जारी
काठमाडौं । प्रतिनिधि सभा बैठकमा यौन हिंसा विरुद्धको केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गरेका हुन् । 

समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो । यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो ।

त्यसपछि कानूनमन्त्री गोविन्द कोइरालाले छलफलका लागि संसदमा प्रस्ताव पेश गरेका थिए । उक्त विधेयक छलफलका लागि पेश गरेपछि उक्त प्रस्ताव पारित भएको छ । अहिले छलफल जारी छ । 

मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर हदम्याद बढाउन लागिएको हो । बलात्कार मुद्दामा हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही नहुने व्यवस्था संशोधन गर्न लागिएको हो ।

समितिको सहमति अनुसार अब नाबालिका बालिक भएको उमेर तीन वर्षसम्म पनि उजुरी गर्न पाइनेछ भने बालिकको हकमा दुई वर्षसम्म उजुरी गर्न पाइनेछ ।

यसअघि बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधि सभामा र राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ